तेल र ग्यास आपूर्तिको महत्त्वपूर्ण हर्मुज जलसन्धि खोल्न इरानका सर्त
annapurnapost.com · Mon Sep 21 01:13:43 GMT 2026

तेहरान (एजेन्सी) : इरानले तेल र ग्यास आपूर्तिको महत्त्वपूर्ण हर्मुज जलसन्धि पुनः खोल्नका लागि अमेरिका सामु आफ्ना सर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्धदेखि नै यो जलमार्गमा नियन्त्रण गरिरहेको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौंदेखि गतिरोधमा फसेका छन्।
इरानले त्यसयता विश्वको तेल र ग्यासका लागि महत्त्वपूर्ण यातायात मार्ग हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ। ‘हाम्रा सन्देश र सर्तहरूको व्याख्या मध्यस्थकर्तामार्फत अर्को पक्षलाई स्पष्ट रूपमा पुर्याइएको छ,’ इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)