जुम्लाको स्याउ ताप्लेजुङ ल्याएर बिक्री
gorkhapatraonline.com · Mon Sep 21 01:24:04 GMT 2026

स्याउ उत्पादन हुने क्षेत्रका रुपमा प्रख्यात जुम्ला जिल्लाबाट स्याउ ताप्लेजुङ ल्याएर बिक्री गरिएको छ । जुम्लाको सिँजामा उत्पादन भएको स्याउ व्यवसायीले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ल्याएर बिक्री गरेका हुन् ।
जुम्लाको अर्गानिक स्याउ पहिलोपटक ताप्लेजुङमा ल्याएर बिक्री गरिएको व्यवसायीले बताएका छन् । जुम्लाकै व्यवसायी हिक्मत आचार्य र तीर्थराज हमालले स्याउ ल्याएर बिक्री गर्नुभएको हो । गाडीमा स्याउ लोड गरेर हिँडेको छ दिनपछि ताप्लेजुङ आइपुगेको व्यवसायी आचार्यले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)