देउवाकै जिल्लामा भाँडभैलो : जिल्ला सभापतिलाई नै अधिवशनको प्रक्रियाबाट बाहिर राखियो
baahrakhari.com · Tue Sep 07 17:27:00 GMT 2021
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा भाँडभैलो भएको छ । देउवाको प्रत्यक्ष निर्देशनमा क्रियाशील सदस्य थप्ने र जिल्लाका सवा पाँच सय क्रियाशील सदस्यता काट्ने काम गरेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितको बहुमत कार्यसमितिले क्रियाशील सदस्यताको प्रक्रियासंगत छानबिन नहुँदासम्म अधिवेशनका प्रक्रिया स्थगित गर्ने निर्णय गर्यो ।
तर, केन्द्रीय सभापति देउवाको निर्देशनमा जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर मल्लले भने निर्वाचनको कार्यतालिका प्रकाशित गरेका छन् । आगामी २५ गते गाउँपालिका र नगरपालिकाका वडाको अधिवेशन गर्नेगरी कार्यतालिका प्रकाशित गरेपछि विवाद अझ चर्किएको छ । जिल्ला सभापति मल्लले जबरजस्ती अधिवेशनको प्रक्रिया सुरु गरे त्यसबाट आउने परिस्थितिको जिम्मा लिन तयार रहन चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)