धनकुटाका सडकका दुवैतर्फ बेसार खेती
onlinekhabar.com · Mon Sep 21 01:24:15 GMT 2026

५ असोज, धनकुटा । केही समयअघिसम्म सडक छेउछाउमा देखिने खाली जमिनमा कतै झारपात उम्रिएका मात्रै भेटिन्थ्यो । सडकबाट आवतजावत गर्नेहरुका लागि ती ठाउँ केवल खाली क्षेत्रजस्तै थिए । तर, अहिले त्यही जमिनको स्वरुप फेरिन थालेको छ । सडकको दुवैतर्फ हरिया बेसारका बोट देखिन थालेपछि दृश्यमा परिवर्तन आएको छ ।
खाली र उपयोगविहीन देखिने जमिन अहिले हरियालीसँगै उत्पादनको सम्भावना बोकेको क्षेत्रमा परिणत हुन थालेको छ । धनकुटा नगरपालिकाले सडक आसपासका खाली जमिनमा बेसार खेती सुरु गरेपछि यस्तो परिवर्तन आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)