शताब्दी पार गरेका हुमेन कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा
gorkhapatraonline.com · Mon Sep 21 01:34:27 GMT 2026

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली निवासी १०३ वर्षीय भैरवबहादुर हुमेन नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ। शताब्दी पार गर्नुभएका हुमेनको राजनीतिक सक्रियता र पार्टीप्रतिको निरन्तर लगाव अरूका लागि प्रेरणाको स्रोत बनेको छ। क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि उहाँले खुसी व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न वडा अधिवेशनबाट पूर्वगाविस अध्यक्ष तथा कांग्रेस म्याग्दीका पूर्व जिल्ला सल्लाहकारसमेत रहनुभएका हुमेन सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमितिका सचिव भरतबहादुर रकाल शाहीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)