अल्जेरिया र अस्ट्रिया दुवैले गोल थपे, खेल २–२ को बराबरीमा
onlinekhabar.com · Sun Jun 28 03:31:25 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच जारी खेल २–२ को बराबरीमा पुगेको छ । पहिलो हाफमा १–१को बराबरी खेलेका दुवै टोलीले गोल थप गरेका छन् ।
अस्ट्रियाका लागि खेलको ५५ औं मिनेटमा मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१को अग्रता दिलाएका थिए । तर, ५ मिनेटमै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)