मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु

ekantipur.com · Fri Sep 23 00:44:38 GMT 2022

मकवानपुर‚ रुकुम पूर्व — ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ । ३८ जना घाइते छन् । मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटना २६ जना घाइते भएका छन् । ३३ जना बोकेर काठमाडौंबाट हेटौंडातर्फ गइरहेको गरेको बा३ख ७८५८ नम्बरको मिनीबस मकवानपुरको भीमफेदी–६ जुरिखेतको एघार घुम्ती ओरालोबाट खसेको हो । बिहीबार अबेरसम्म मृत्यु हुनेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बसमा सवार अधिकांश भारतीय नागरिक थिए । घाइतेमध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी मकवानपुरका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदीमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)