स्तरोन्नतिका लागि विद्युत् अवरुद्ध हुने
gorkhapatraonline.com · Mon Sep 21 01:38:45 GMT 2026

। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा ११ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ ।
प्राधिकरणका अनुसार टेकु सबस्टेसनको प्राविधिक स्तरोन्नति तथा वितरण लाइन सुदृढीकरणका लागि कुनै एक फिडर बढीमा दुई दिन रातिको तीन घण्टा लाइन काटेर मर्मत गरिने भएको छ । मर्मतका क्रममा टेकु सबस्टेसनमा आबद्ध विभिन्न फिडर राति ११ देखि बिहान २ बजेसम्म वा बिहान २ देखि ५ बजेसम्म मर्मतसम्भार गर्न विद्युत् आपूर्ति रोकिन सक्ने प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)