घरेलु भूमिमा जापानलाई पहिलो स्वर्ण
annapurnapost.com · Mon Sep 21 01:40:12 GMT 2026
नागोया : जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुद (एसियाड)मा आयोजक जापानले पहिलो स्वर्ण पदक जित्दै प्रतियोगितामा स्वर्णिम सुरुवात गरेको छ। पुरुष ट्रायथलनमा जापानका ताकुमी होजोले स्वर्ण जितेसँगै २०औं एसियाडको पहिलो स्वर्ण पदक विजेता खेलाडी बन्ने गौरव हासिल गरेका छन्।
आइतबार आइची प्रिफेक्चरको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा होजोले ५२ मिनेट ५६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन्। उनले चीनका झाङ सिरुईलाई ९ सेकेन्डले पछि पार्दै पहिलो स्थान हासिल गरेका थिए। कजाखस्तानका अरलान झानाबायेभले कांस्य पदक हात पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)