लिड्ससँग युनाइटेडको रोमाञ्चक बराबरी
ekantipur.com · Thu Feb 09 00:53:08 GMT 2023
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बुधबार लिड्स युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडलले दुई गोलले पछाडि रहेर बराबरी निकालेको हो ।
व्यवस्थापकविहीन रहेको लिड्सले विलफ्रेड एनोन्टोको गोलले अग्रता लिएयता राफेल भरानेले आत्मघाती गोल गरे । त्यसयता युनाइटेडका लागि मार्कस रसफोर्ड र जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई बराबरी दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)