कानुनसहित तीनवटा समितिको बैठक बस्दै
nepalnews.com · Mon Sep 21 01:48:03 GMT 2026

काठमाडौ। संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)