रसुवादेखि चितवनसम्म आज पनि भारी वर्षाको सम्भावना
corporatenepal.com · Mon Sep 21 01:35:22 GMT 2026

काठमाडौं । विपद्बाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा आगामी असोज ७ गते बिहानसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसमसम्बन्धी सूचनाअनुसार ती चार जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो संकेतमा राखेर मौसमसम्बन्धी पछिल्ला विवरणबारे अद्यावधिक रहन आग्रह गरेको छ।
चितवनमा भने मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। चितवनको कालीखोला वर्षा मापन केन्द्रमा गएराति ४१.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। भदौ १० गतेको भोटेकोशी बाढीबाट सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेका क्षेत्रमा पुनःस्थापना र विपद् व्यवस्थापनका काम भइरहेका बेला पुनः वर्षाको सम्भावना देखिएपछि सम्बन्धित जिल्लाका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)