‘कोभिडभन्दा पनि ठूलो संकट’: अमेरिकी व्यवसायीहरू मुस्किलले चलाउँदै छन् गुजारा
corporatenepal.com · Mon Sep 21 01:56:49 GMT 2026

न्युयोर्क । जेफ भोज्टालाई समस्याले पछ्याउन छाडेको छैन। उत्तरी क्यारोलिनाको र्यालीस्थित डिलवर्थ कफीका प्रमुख कार्यकारी अधिकृत भोज्टाले सन् २०२४ मा ब्राजिलमा भएको कमजोर कफी उत्पादनका कारण ठूलो समस्या बेहोर्नुपर्यो । त्यसले कफीको वायदा कारोबारको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुर्याएको थियो । त्यसको अर्को वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको विश्वव्यापी भन्सार महसुलले कफीको मूल्यलाई अझ माथि पुर्यायो ।
त्यसपछि यसै वर्ष इरान युद्ध सुरु भयो । त्यससँगै ‘सुपर एल निनो’ पनि देखापर्यो। “जहाज आवागमनमा आएको अवरोध, कन्टेनरको अभाव, लाल सागरमा भइरहेको घटनाका कारण बढेको ढुवानी खर्च र मलको बढ्दो मूल्यका कारण हामीले यस्तो अवरोधको सामना गरिरहेका छौँ, जुन यसअघि कहिल्यै भोगेका थिएनौँ,” तीन दशकभन्दा बढी समयअघि राष्ट्रियस्तरको कफी वितरण कम्पनी स्थापना गरेका भोज्टाले भने, “अहिले यति धेरै अनिश्चितता छ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)