साउदीबाट फर्केर गाउँमै गाईभैंसीपालन, मासिक एक लाख बचत
onlinekhabar.com · Mon Sep 21 02:06:50 GMT 2026

५ असोज, म्याग्दी । साउदी अरबमा १३ वर्ष सवारी चालकको काम गरेपछि स्वदेश फर्किएका पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले सुरुमा तीनवटा गाईभैँसी किनेका थिए । विदेशको रोजगारी छाडेर गाउँमै थालेको त्यो सानो व्यवसाय अहिले उनको परिवारको आम्दानीको मुख्य आधार बनेको छ । १४ वटा गाईभैँसी पालिरहेका क्षेत्री दूध बेचेरै मासिक एक लाख रुपैयाँभन्दा बढी बचत गर्छन् ।
साउदी अरबमा बिरामी भएपछि स्वदेश फर्किएका क्षेत्रीले अन्य रोजगारीको विकल्प नदेखेपछि विसं २०७३ मा ‘गोमा गाईभैँसी फार्म’ सुरु गरेका थिए । अहिले फार्मबाट दैनिक करिब ९० लिटर दूध बिक्री हुन्छ । दूध बिक्रीबाट दैनिक करिब दुई हजार सात सय रुपैयाँ आम्दानी हुने र दाना, औषधि तथा व्यवस्थापनलगायत खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी बचत हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)