चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
ratopati.com · Mon Sep 21 02:14:04 GMT 2026

भोजपुर । भोजपुर बजारमा मासु तथा माछा पसलको आकस्मिक अनुगमन गरिएको छ। उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका विभिन्न १० वटा मासु पसलमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा मापदण्डविपरीत अस्वस्थकर मासु बिक्रीका लागि राखिएको भेटिएको थियो। बजारस्थित ‘दाजुभाइ माछा पसल’ मा सडेको र गन्ध आइसकेको अवस्थामा भेटिएको १७ किलो ४४५ ग्राम माछा जफत गरी तत्काल नष्ट गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)