२२ माघदेखि कर्णालीमा एचपिभी खोप अभियान सञ्चालन गरिने
deshsanchar.com · Thu Jan 30 17:15:43 GMT 2025

सिमकोट – कर्णाली प्रदेशमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अभियानको तयारीबारे जानकारी गराएको हो।
कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले एचपिभी भाइरसका कारण पाठेघरको मुखको क्यान्सर मात्र नभई यौनाङ्गमा आउने मुसा तथा अन्य क्यान्सरसमेत हुन सक्ने भएकाले १० देखि १४ वर्षसम्मका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने बताए। खोप सुरक्षित भएकाले कुनै भ्रममा नपर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई खोपको प्रचार–प्रसारमा सहयोग गर्न उनले अनुरोध गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)