डेंगीको संक्रमण उच्च, कोशीमा झापा सबैभन्दा जोखिममा
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

झापा । कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । डेंगीको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ ।
उनका अनुसार झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)