मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा

baahrakhari.com · Thu Jan 30 17:28:06 GMT 2025

काठमाडौं । पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटर चरणमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ अंकले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्‍यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ अंकले आफ्नो पक्षमा पार्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)