इमरान खानको रिहाइ माग्दै प्रदर्शनको तयारी, बहिनी अलिमा एक साता अगावै समातिइन्
nagariknews.nagariknetwork.com · Mon Sep 21 02:11:25 GMT 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानकी बहिनी अलिमा खानलाई आगामी सेप्टेम्बर २७ मा हुने विरोध प्रदर्शनअघि पक्राउ गरिएको छ।
पीटीआईका अनुसार आइतबार लाहोरबाट अलिमालाई हिरासतमा लिइएको हो। लाहोरका उपायुक्तको कार्यालयले उनलाई ३० दिनसम्म हिरासतमा राख्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। प्रहरीले उनलाई लाहोरस्थित कोट लखपत जेल लगिएको पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)