धौलागिरि अस्पतालमा पहिलोपटक टन्सिलेक्टोमी शल्यक्रिया
gorkhapatraonline.com · Mon Sep 21 02:24:33 GMT 2026

धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलोपटक टन्सिलेक्टोमीको सफल शल्यक्रिया गरिएको छ। पर्वतको जलजला गाउँपालिका–३ निवासी ३७ वर्षीया महिलामा पटक–पटक टन्सिलाइटिस हुने समस्या देखिएपछि आधुनिक बाइपोलार डाइथर्मी प्रविधिबाट टन्सिलेक्टोमी गरिएको कन्सल्टेन्ट ईएनटी सर्जन डा. शरद तिवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार पटक–पटक टन्सिलाइटिस हुने, टन्सिल ठुलो भएर सास फेर्न वा खाना निल्न समस्या हुने, निद्राका क्रममा सास अवरुद्ध हुने, टन्सिलमा फोका वा पिप जम्ने (पेरिटन्सिलर एब्सेस) तथा टन्सिलमा शङ्कास्पद घाउ वा असामान्य वृद्धि देखिएका अवस्थामा टन्सिलेक्टोमी गर्नुपर्ने हुन्छ।शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै सास फेर्न र खाना निल्न सहज भएको कन्सल्टेन्ट ईएनटी सर्जन डा. मनिष न्यौपानेले बताउनुभयो। उहाँका अनुसार पटक–पटक हुने टन्सिलको संक्रमणबाट हुने समस्यामा कमी आउनुका साथै बिरामीको दैनिक जीवनयापनमा समेत सहजता हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)