नेतान्याहूलाई ‘युद्ध अपराधी’ भन्दै मेयर ममदानीले पक्राउ गर्ने संकेत दिएपछि इजरायल आक्रोशित
nagariknews.nagariknetwork.com · Mon Jul 20 12:55:34 GMT 2026

न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पक्राउ गर्न कानुनी विकल्प खोजिरहेको बताएका छन्। यो कुरा सार्वजनिक भएपछि ठूलो कूटनीतिक विवाद सुरु भएको छ।
ममदानीले न्युयोर्क टाइम्स लाई दिएको अन्तर्वार्तामा नेतान्याहूलाई ‘युद्ध अपराधी’ भन्दै उनी ‘द हेगमा हुनुपर्ने’ बताएका थिए। अन्तर्वार्तामा मेयर ममदानीले भने, ‘न्युयोर्क सहरको कानुनले मलाई जे गर्न अनुमति दिन्छ, हामी त्यही गर्नेछौं। तर हामी आफैं नयाँ कानुन बनाउने छैनौं।’ उनले सहरको कानुन विभागसँग सक्रिय छलफल भइरहेको पनि बताएका थिए। उनले यो कुरा आफ्नो मेयर निर्वाचन अभियानमा समेत वाचा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)