पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
nepallive.com · Mon Sep 21 02:30:15 GMT 2026

इलाम– इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा) अन्तर्गत पुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएको छ। बेलिब्रिज जडान सम्पन्न भएसँगै आइतबार साँझदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा आएको छ।
इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाकलाई जोड्ने पुवा खोलामा बाढी तथा प्राकृतिक विपद्का कारण स्थायी पुलमा क्षति पुगेपछि यस मार्ग हुँदै हुने यातायात आवागमन प्रभावित हुँदै आएको थियो। सडक अवरुद्ध हुँदा इलाम सदरमुकाम तथा झापातर्फ आवतजावत गर्ने यात्रु, स्थानीय बासिन्दा तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग साथै डाइभर्सनको प्रयोग गर्नुपर्ने बाध्यता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)