मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कप २०२४ : इङ्ल्यान्ड र डेनमार्कले अंक बाँडे

barnanmedia.com · Thu Jun 20 22:48:06 UTC 2024

युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो खेलमा सर्बिया विरुद्ध १-० को झिनो अन्तरको जित हासिल गरेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन ।१८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । जोआकिम एन्डरसनलाई चकित लार्दै काईल वालकरले लिएको बलमा उनको क्रस केनको दिशातर्फ पुगेपछि उनले सहजै गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)