सुधार कार्ययोजनापछिको सेयर बजारः नीतिगत राहतपछि पनि किन देखिएन आक्रामक उत्साह ?
clickmandu.com · Mon Sep 21 02:40:38 GMT 2026

काठमाडौं । गत सोमबार (भदौ २९ गते) अर्थ मन्त्रालयले २१ बुँदे पुँजीबजार सुदृढिकरण तथा पुनरुत्थान कार्ययोजना ल्याए पनि बजार भने तीब्र गतिमा (विगतको तुलनामा) उकालो लाग्न सकेको छैन । विगतमा बजारको पक्षमा सामान्य नीति आउँदा तथा लगानीकर्ताले रुचाउने व्यक्ति अर्थमन्त्री बन्दा पनि बजारमा बेग्लै किसिमको रौनकता देखिने गरेको थियो ।
पछिल्लो पटक फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई–तिहाई हाराहारीको एकल सरकार बनाउने देखिएपछि २०८२ फागुन २५ गते नेप्सेमा सकारात्मक सर्किट ब्रेक लागेको थियो । यस समयमा नेप्से १६२.९३ अंक अर्थात् ६ प्रतिशतले बढेसँगै पुरा कारोबार हुन नपाउँदै बजार बन्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)