जलवायु वित्तका अवसर
gorkhapatraonline.com · Mon Sep 21 02:40:23 GMT 2026

कुनै स्थानको करिब ३० वर्षको अवधिमा हावा, पानी, तापक्रम, आद्र्रता आदिको औसत अवस्थामा देखा परेको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । यो एक प्राकृतिक प्रक्रिया भए पनि मानवीय क्रियाकलापका कारण जलवायु परिवर्तनको स्वरूप र शैलीमा तीव्र परिवर्तन आएको छ । विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य रहे पनि बाँकी विश्वका कारण सृजित जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालसमेत प्रभावित हुँदै आएको छ ।
जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम क्षति, सृजित जिम्मेवारी र समाधानका अवसरको न्यायपूर्ण वितरण गर्दै विशेष गरी जलवायु परिवर्तनमा न्यून योगदान गरेका तर बढी प्रभावित समुदाय तथा राष्ट्रको अधिकार र हितको संरक्षण गर्ने अवधारणा जलवायु न्याय हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायुसम्बन्धी लक्ष्यमा प्रतिबद्धता जनाएको छ । दिगो विकास लक्ष्य प्राप्त गर्न सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपियाँ लगानी आवश्यक देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)