मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षीलाई गोलवद्ध गरेर सरकार घेर्ने रणनीतिमा प्रचण्ड, कांग्रेस, एमालेको तयारी के छ ?

barnanmedia.com · Thu Jan 30 22:06:25 GMT 2025

चार महिनापछि शुक्रबारबाट संसद बस्दैछ। बर्खे अधिवेशन अन्त्य भएको चार महिनापछि सरकारले हिउँदे अधिवेशन आह्वान गरेको हो।शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने कार्यक्रम छ।

बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ (निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)