बाढीले क्षति हाइड्रोमा,असर सेयर बजारमा
annapurnapost.com · Mon Sep 21 02:46:01 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा भौतिक क्षति पुर्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा सूचीकृत प्रभावित कम्पनीहरूको सेयर मूल्यमा समेत देखिएको छ।
आयोजना सञ्चालनमा अनिश्चितता बढेपछि लगानीकर्ताको मनोबल कमजोर हुँदा सम्बन्धित कम्पनीको सेयरमा बिक्री चाप बढेको देखिन्छ। बाढीपछि रसुवा नुवाकोटमा अवस्थित १३ हाइड्रोपावर कम्पनीमा क्षति पुगेको छ। उक्त क्षति पुगेका आयोजनाहरूमध्ये ६ वटा आयोजनाहरू दोस्रो बजारमा सूचीकृत रहेका छन्। अर्थात् क्षति भएका ६ वटा आयोजनामा सर्वसाधारणको लगानी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)