मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विमानस्थलको आम्दानी चार सय चौहत्तर

gorkhapatraonline.com · Fri Jan 31 00:05:06 GMT 2025

काठमाडौँ, माघ १८ गते । राज्यले अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरमा गरेको आम्दानी यति नै हो ।

स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर निर्माण थालेका उक्त विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ करोड ७६ लाख ९३ हजार रुपियाँ लागतमा धावनमार्ग कालोपत्र गरेको थियो । विमानस्थलमा विक्रम संवत् २०७६ असार ३ गते परीक्षण उडानसमेत गरिएको थियो । कच्ची अवस्थामै करिब ४८ वर्ष सञ्चालनमा रहेर कुनै बेला वार्षिक लाखौँ रकम आम्दानी गरेको उक्त विमानस्थलमा अहिले पनि नियमित कर्मचारीले काम गर्छन् तर पछिल्लो एक वर्षमा ४७४ रुपियाँ मात्रै आम्दानी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)