परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका बर्तालु
himalpress.com · Fri Jan 31 00:14:48 GMT 2025
काठमाडौँ- साँखुस्थित शाली नदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन्।
बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए। पहिलो दिन शाली नदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ। माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ। त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ। अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ। माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)