अब रासायनिक मलकाे अभाव हुँदैन - कृषि मन्त्री
Ujyaaloonline.com · Thu Jun 20 23:14:32 UTC 2024

काठमाण्डाै – सरकारले अब रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नकाे जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने दाबी गर्नुभएको हो ।
मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभयो । उहाँले थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)