मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोपा अमेरिका २०२४ को ४८औँ संस्करण आजबाट अमेरिकामा सुरु हुँदै

barnanmedia.com · Thu Jun 20 22:59:43 UTC 2024

दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८औँ संस्करण अमेरिकामा सुरु हुँदैछ । पहिलोपटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल एटलान्टामा आज (शुक्रबार) बिहान ५ः४५ बजे अर्जेन्टिना र क्यानडाबीच हुँदैछ ।

अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिलमा भएको पछिल्लो संस्करणको उपाधि जित्दै सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गरेको थियो । अर्जेन्टिना यसपटक पनि उपाधि रक्षा गर्दै कोपा अमेरिकाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ । प्रतियोगिताको १०८ वर्षको इतिहासमा पहिलोपटक कोपा अमेरिकामा १६ टोली सहभागी भएका हुन् । यसअघि यो प्रतियोगितामा १२ टोली सहभागी हुँदै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)