समृद्धिको आधार संविधान
gorkhapatraonline.com · Mon Sep 21 03:03:46 GMT 2026

नेपाल लामो समयसम्म संविधानवादको मुलुकका रूपमा चल्न पाएन । यसलाई २००७ सालमा तत्कालीन राजा त्रिभुवनले देशका नाममा सम्बोधन गर्दा “अबउप्रान्त दुई वर्षभित्र विधान सभाको निर्वाचन गरी गणतान्त्रिक संविधान जारी गरिने छ” भनी महसुस गरेका थिए । यो भनाइको आवश्यक विश्लेषण त छुट्टै ठाउँमा व्याख्या गरौँला ।
यहाँ संविधान दिवसलाई सम्झेर केही कुरा गरिँदै छ । २००७ सालमा राजाले गरेको घोषणा २०६४ सालमा सुरु भई २०७२ सालमा पूरा भएको छ । यसका निम्ति धेरै आन्दोलन, सङ्घर्ष, बलिदान भए । यसबिचमा २००४ सालको विधानलाई बाहेक गर्दा पनि छ वटा संविधान जारी भए । ती सबै संविधान २०७२ मा बनेको वर्तमान संविधानबाहेक राजाबाटै राजकीय शक्ति प्रयोग गरी जारी गरिएका हुन् । नेपालमा पहिलो पटक संविधान सभाको निर्वाचन भई सोही संविधान सभाको पुनः दोस्रो पटक चुनाव भई निर्वाचित जनप्रतिनिधिले मसौदा गरी नेपाली जनताले नेपाली जनताका निम्ति जारी गरेको २०७२ सालको नेपालको संविधान नै हो । यसलाई संविधान सभामा रहेका सदस्यहरूको ९८ प्रतिशतले हस्ताक्षर गरेका छन् । त्यसैले नेपालको युगौँयुगदेखिको कसरतबाट प्राप्त यो प्रथम संविधानको नेपाली जनताले दिवस मनाउनु परम कर्तव्य हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)