सल्यानमा फेरि देखियो औलो, २७ वर्षीय युवकमा संक्रमण
gorkhapatraonline.com · Mon Sep 21 03:00:23 GMT 2026

सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो।
भारतको गुवा क्षेत्रबाट घर फर्किएको करिब एक सातापछि बिरामी पर्नुभएका सुनार प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकी पुग्नुभएको थियो। स्वास्थ्य चौकीमा आरडीटी किटमार्फत गरिएको प्रारम्भिक परीक्षणमा औलोको संक्रमण देखिएपछि थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो। जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट समेत औलो रोग पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)