मन्त्री बनाउन तीन करोड मागेको आरोप लागेका थापाको अनुसन्धान ‘च्याप्टरक्लोज’
ratopati.com · Fri Sep 29 06:14:00 GMT 2023
काठमाडौं । आर्थिक लेनदेनको विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य मनोजजंग थापामाथिको छानविन र अनुसन्धान कार्य तत्कालका लागि ‘च्याप्टर क्लोज’ भएको छ ।
निष्कासित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउन थापाले ३ करोड मागेको विषय भदौ २६ गते मिडियामार्फत् सार्वजनिक गरेपछि उनी विवादमा तानिएका थिए । रास्वपाको भोलिपल्ट बसेको केन्द्रीय अनुशासन आयोग समेतको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आरोपित थापामाथि छानविन र अनुसन्धान प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)