‘मन बिनाको धन–२’मा गौरी मल्ल पनि
kendrabindu.com · Mon Jul 20 13:45:06 GMT 2026

काठमाडाैं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन्। निर्माण पक्षका अनुसार उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको छ।
गौरी मल्लको प्रवेशसँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमको विश्वास छ। यसअघि नै सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायतका अनुभवी कलाकारको पनि अभिनय रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)