मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कपको सुपर फोरमा वर्षाका कारण स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज

Ujyaaloonline.com · Mon Sep 11 00:44:57 GMT 2023

काठमाण्डाै - हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा 'रिजर्भ डे' राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)