मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईटी आर्मीले वैदेशिक रोजगार विभागलाई बुझायो ज्ञापन पत्र

rajdhanidaily.com · Thu Jun 20 23:26:16 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगार क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दै ज्ञापन पत्र बुझाएको छ ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना तथा घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभागका महानिर्देशक डण्डुराज घिमिरे मार्फत नेपाल सरकारलाई पुनः स्मरण (तागेदा) सहितको ज्ञापन पत्र बुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)