मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेरक प्रसंग : बाहिरी आवरणको नक्कल नगर

nayapatrikadaily.com · Mon Mar 04 00:20:00 GMT 2024

उहिल्यै प्राचीनकालमा कोसी नदीको किनारमा एक ज्ञानामृत नामका साधुको आश्रम थियो । उनको आश्रममा थुप्रै शिष्य ज्ञानको खोजीमा आउँथे । गुरु ज्ञानामृत कठोर अनुशासनमा बस्थे । उनी सुकेको परालमा सुत्थे । शाकाहारी भोजन गर्थे । दैनिक कठोर साधनामा लीन हुन्थे । उनको ज्ञान र तपस्वीसमान जीवनको निकै टाढाटाढासम्म चर्चा हुने गथ्र्यो ।

गुरु ज्ञानामृतको त्यस्तो कठोर साधना तथा संयमित दिनचर्याबाट प्रभावित भएर उनका एक शिष्य ज्ञानभद्रले उनको अनुसरण गरी छिटै ज्ञानमा निपूण हुने विचार गरे । यस्तो विचार मनमा आउनासाथ उनले गुरुले झैँ सुकेको पराललाई आफ्नो शड्ढया बनाए । खानपिनमा सुधार गरे । साधनामा पनि लीन भएजस्तो गर्न थाले ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)