सन्डरल्यान्डलाई पराजित गर्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा
barnanmedia.com · Mon Sep 21 03:03:02 GMT 2026
काठमाडौं । सन्डरल्यान्डलाई पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ। गएराति भएको खेलमा सिटीले सन्डरल्यान्डलाई ५–३ गोलअन्तरले हराएको हो।
रोमाञ्चक खेलमा सन्डरल्यान्डले अपराजित सिटीलाई कडा टक्कर दिएको थियो। जितसँगै सिटीले लिग तालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। ५ खेलबाट १५ अंक जोडेको सिटी शीर्ष स्थानमा रहँदा शनिबार राति ब्राइटन एण्ड होब एल्बियनसँग पराजित भएको आर्सनल दोस्रो स्थानमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)