भरत दाहाल पक्राउप्रति शेखरको आपत्ति, तुरुन्त रिहा गर्न माग
lokaantar.com

कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्लेषक भरत दाहालको पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता कोइरालाले दाहाललाई तुरुन्त रिहाइ गर्न माग गरेका हुन्।
कोइरालाले सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थालेपछि स्वेच्छाचारी बन्ने गरेको टिप्पणी गरेका छन्। विश्लेषक दाहालको पक्राउ त्यसैको पछिल्लो उदाहरण भएको उल्लेख गर्दै उनले हामी कस्तो किसिमको समाज निर्माण गर्दैछौँ भनी प्रश्नसमेत उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)