धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
barnanmedia.com · Mon Sep 21 03:20:16 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब रु. आठ करोडको लागतमा धवलागिरि ा–३ घट्टेखोलामा विस. २०७९ देखि शुरु भएको सुविधायुक्त प्रशासकीय भवन निर्माण शुरु भएको थियो । हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको भवन निर्माण कार्य सम्पन्न गरि जटि सक्दो छिटो कार्यालय सञ्चालनको तयारीमा जुटेको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।
हाल साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)