नेपाल-चीनबीच ताक्लाकोटमा छलफल, हिमताल जोखिम अध्ययनमा पहल गर्ने सहमति
onlinekhabar.com · Mon Sep 21 02:28:21 GMT 2026

५ असोज, सुर्खेत । नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्भावित हिमतालबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि चिनियाँ भू-भागमा रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गर्न दुवै देशका स्थानीय अधिकारीले पहल गर्ने सहमति गरेका छन्।
चीनको ताक्लाकोटमा हालै भएको छलफलमा हिमतालबाट नेपालतर्फ पर्नसक्ने जोखिम, सीमा व्यवस्थापन, व्यापार तथा पूर्वाधारलगायतका विषयमा छलफल भएको हो । छलफलमा चिनियाँ हिमाल क्षेत्रमा रहेका हिमतालको अवस्थाबारे प्राविधिक टोलीमार्फत अध्ययन गराउन आ–आफ्नो संघीय सरकारसँग पहल गर्ने सहमति भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)