मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिममा सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन हुने

barnanmedia.com · Sun Sep 14 23:12:14 GMT 2025

सुदूरपश्चिममा सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ भने साल्ट ट्रेडिङले सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाका २८ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुने जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)