स्थगित माओवादी केन्द्रको बैठक
nepalghatana.com · Thu Feb 10 17:52:00 GMT 2022
नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताउनुभयो । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उहाँले भन्नुभयो, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लङ्घन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)