‘मन बिनाको धन–२’मा गौरी मल्लको इन्ट्री, कलाकार टोली थप बलियो
kalakarmi.com · Mon Jul 20 14:01:42 GMT 2026

काठमाडौं- संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुवन्धित भएकी छिन् । निर्माण पक्षका अनुसार उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको छ ।
गौरी मल्लको प्रवेशसँगै फिल्मको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमको विश्वास छ । यसअघि नै सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायतका अनुभवी कलाकारको पनि अभिनय रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)