लामाबगर नाका खोल्नुपर्ने माग
gorkhapatraonline.com · Mon Sep 21 03:29:35 GMT 2026

चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि दोलखाको लामाबगरलाई वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग उठेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी हिमबाढीले रसुवागढी नाकाको पूर्वाधारमा ठुलो क्षति पुर्याएको छ । तातोपानी नाका पनि विभिन्न समयमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण प्रभावित हुँदै आएको छ । दुवै नाका प्रभावित भएपछि चीनसँगको उत्तरी व्यापारमा कठिनाइ थपिएकाले लामाबगरलाई वैकल्पिक व्यापारिक नाकाका रूपमा विकास गर्नुपर्ने माग उठेको हो ।
बिगु गाउँपालिका–१, लामाबगरका वडाध्यक्ष मेमबहादुर तामाङले मुख्य चाडपर्वलाई लक्षित गरी चीनबाट आयात गरिएका सामान वैकल्पिक रूपमा कोरलाबाट ल्याउन थालिए पनि लामो दुरीका कारण ढुवानी लागत बढ्ने बताउनुभयो । त्यसको प्रत्यक्ष असर उपभोग्य वस्तुको मूल्यमा पर्न सक्ने उहाँको भनाइ छ । रसुवागढी नाका यसअघि पनि बाढीका कारण छ महिनाभन्दा बढी समय बन्द भएको थियो । तातोपानी नाका २०७० सालको जुरे पहिरोपछि पनि पटक पटक बन्द हुँदै आएको छ । भौगोलिक जोखिमका कारण दुवै नाकामा समस्या दोहोरिँदै आएकाले लामाबगरलाई वैकल्पिक नाकाका रूपमा विकास गर्नुपर्ने स्थानीयको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)