उनको बिदाइको शुभ मुहूर्त आउला त ?
nepalpress.com · Mon Sep 21 03:30:25 GMT 2026

यो दुनियाँ पनि अचम्मको छ । कुमालेको चक्रजस्तै घुमिरहन्छ । कुम्हालेको चक्र र सत्ताको घन चक्कर पनि उस्तै उस्तै रहेछन् । जसरी कुमालेको चक्र घुमिरहन्छन् र अनेक प्रकृतिका भाडा वर्तन निकालिरहेका हुन्छन् । त्यसैगरी सत्ताको चास्नीभित्र पनि फरक फरक पात्रहरू प्रकट भइरहेका हुन्छन् । अहिले नेपालमा उस्तै नयाँ नामका पात्रहरू उदाएका छन् । यस्तै त्यस्तै हुँदै पनि जाने होला । तर कतिपय मानिसलाई भने एउटै प्रकृतिको भाँडाको लत र सत्ताको चास्निको मातले अहिले सम्म छोडेको छैन ।
कतिपय मानिसहरू हिजो आफूले शासन चलाएको सिंहासनमा अर्कैले राज्य गर्न थालेपछि पनि आफै बसेको अनुभूति गरिरहेको देखिन्छन् । एक जना आध्यात्मिक विद्वानले भन्ने गर्नु हुन्थ्यो । माथिबाट ‘त आँट म पुर्याइदिन्छु’ भन्छ रे । मतलब घाँटीले जसरी पनि खान्छ भन्ने चलन हाम्रो गाउँ घरतिर छँदै छ । तर जति गरे पनि नपुग्ने र जति सत्तामा बसे पनि धित नमर्ने केही शासकीय मनोवृत्ति भएकाहरूलाई कसरी पुग्दो होला र । आज देशभरि युवाहरूको बाढी आउँदा पनि केही वृद्ध बाघहरूलाई भने साङ्लाको सिकार गर्ने रहरले छोडेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)