गण्डकीका सरकारी कार्यालय सञ्चालन तयारी
rajdhanidaily.com · Sun Sep 14 23:26:31 GMT 2025

पोखरा । जेन–जी आन्दोलनका क्रममा विभिन्न मन्त्रालय, निकाय र मातहतका कार्यालयमा ठूलो क्षति भएपछि गण्डकी प्रदेश सचिवहरूको बैठकले तत्कालीन व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।
आइतबार बसेको बैठकले आन्दोलनका कारण मन्त्रालय तथा मातहतका कार्यालयमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको निष्कर्ष निकाल्दै क्षतिको विस्तृत विवरण संकलन गरी प्रहरीको उपस्थितिमा मुचुल्का तयार गर्ने, त्यसपछि सरसफाइ र मर्मत–सम्भारको काम अघि बढाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)