हिमालयन बैंकको ८ लाख ५० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा
clickmandu.com · Mon Sep 21 03:39:16 GMT 2026

काठमाडौं । हिमालयन बैंकले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबारदेखि उक्त संस्थापक सेयर बिक्री प्रक्रिया सुरू गरेको जनाएको छ ।
यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया पूरा भएपछि अब जो–कोही व्यक्ति तथा कम्पनीले पनि सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)