मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका मुख्यमन्त्री भन्छन्, ‘जेनजी आन्दोलनलाई देखाएर प्रदेशको गति रोकिन्न’

rajdhanidaily.com · Sun Sep 14 23:32:58 GMT 2025

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदमा रहुञ्जेल जिम्मेवारीबाट नभाग्ने भन्दै प्रदेशका नियमित काम–कारबाहीमा विलम्ब नगर्ने बताएका छन् ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाको अवलोकनपछि आइतबार पत्रकारसंगको भेटघाटमा मुख्यमन्त्री कँडेलले यथाशिघ्र क्षतिग्रस्त संरचनाको व्यवस्थापन गरिने बताए । ‘प्रदेशसभा र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय पूर्ण रुपमा क्षति भएको पाइयो, अरु कार्यालयमा छिटपुट क्षति भएको रहेछ, ती कार्यालयको व्यवस्थापनका सम्बन्धमा योजना पेश गर्न प्रमुख सचिवलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘यसैलाई देखाएर बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्न पाइँदैन भनेर सचिवहरुलाई निर्देशन दिइसकेको छु ।’ परिस्थिति साम्य भएसंगै प्रदेश सरकारका मन्त्रीहरु समेत प्रदेश राजधानी फर्कन थालेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)